काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले टि–१० लिग खेल्ने भएका छन । राष्ट्रिय टोलीको कप्तानीबाट हालै मात्र राजीनामा दिएका पारसले टि–१० लिग खेल्ने पक्का भएको हो । पारसले अबुधाबीबाट टि–१० लिग खेल्नेछन ।

पारस १० हजार डलरमा आबुधाबीमा अनुबन्धित भएका हुन् । पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी हुन । यसअघि नेपाली टोलीबाट सन्दीप लामिछाने र सोमपाल कामीले विदेशी लिग खेलिसकेका छन ।

पारस ड्राफ्टअघि नै आबुधाबीमा आवद्द भएका हुन । लिग आबुधाबीस्थित शेख जायद अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालामा आगामी नोभेम्बर १५ देखि २४ सम्म आयोजना हुने छ । जसमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार