काठमाडौं । शाहरुख खानलाई लोन दिए भन्दै गीत गाउँने नेपाली र्‍यापर समिर घिसिङ (भिटेन) पक्राउ परेका छन् । आज भिटेनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जावलाखेलबाट नियन्त्रणमा लिएको हो ।

उनलाई अश्लिल गीतहरू गाएको आरोपमा पक्राउ गरिएको एसएसपी सहकुल थापाले जानकारी दिनुभयो । रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएका थिए । यसअघि मंगलबार पनि गायक दुर्गेश थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

रिलिज गरेको पछिल्लो ह्यापी तिहार नामक गीतले लागुऔषध प्रयोगलाई प्रवर्द्धन गरेको देउसी भैलोको गीतलाई बङ्ग्याएको उजुरीपछि उनी पक्राउ परेका थिए । उनले हिरासतबाटै सो गीत आफ्नो आधिकारिक युट्युब च्यानलबाट हटाएर पछि सम्पमदन गरेर फेरि राखेका थिए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार