काठमाडौं । राजधानीमा भएको आगलागी नियन्त्रणमा आउँन सकेको छैन । दरबारमार्गस्थित भिक्ट्री लाउन्जमा आइतवार साँझ लागेको आगो अझै पनि नियन्त्रण बाहिर रहेको छ । आज साँझ करीब पौने ८ बजे एक जना घाइतेलाई आगलागी भएको भवनबाट उद्दार गरिएपनि अन्य जानकारी आएको छैन । प्रहरीले आगलागीलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाएको छ ।

तर आगलागी भएको डेढ घण्टासम्म पनि नियन्त्रणमा आउनुको साट्टो झन् बढेर गइरहेको छ । आगलागीपछि त्यहाँ रहेका ग्याँस सिलिन्डरहरू विष्फोट भएको भनिएको छ । आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीको अलग अलग वारुण यन्त्रहरू परिचालन गरिएका छन् । आगलागी भएको स्थान अलिक अग्लो भएको कारण नियन्त्रणमा समस्या आएको भनिएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार