हुम्ला सदरमुकाम सिमकोटबाट खार्पुतर्फ जाँदै गरेको बोलेरो जीप आज दुर्घटना हुँदा सात जना घाइते भएका छन् । लु२च २२६७ नं को जीप दुर्घटना हुँदा कमला टमटा, बेलु हदेली जेठरा, रिभा जेठरा, अशकला जेठरा, दीपक टमटा, हौसेली रोकाया र शैलेश रोकाया घाइते भएका हुन् ।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । जीपमा कति जना यात्रु सवार थिए भन्नेबारे जानकारी प्राप्त नभएको घर्तीमगरले बताए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार