इस्लामावाद-पूर्वी पाकिस्तानमा मङ्गलबार ५.८ रेक्टर स्केलको भूकम्प ग्एको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पको केन्द्रविन्दु पाकिस्तान प्रशासित काश्मिरी शहर मिरपुरको नजिकै रहेको बताइएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार मिरपूरबाट करिब २२ किलोमिटरमा रहेको ग्रामिण इलाका झेलमबाट उत्तरमा केन्द्रविन्दू भएर भूकम्प गएको हो ।

भूकम्पमा परी २२ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । मिरपूरका डेपुटी इन्स्पेक्टर जनरल सरदार गुल्फाराजले टेलिभिजनमार्फत जानकारी दिँदै भने, “पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण उक्त क्षेत्रमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको र अहिलेसम्म १९ को निधन भएको जानकारी आएको छ । भूकम्पका कारण ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।”

आज अपरान्ह् गएको भूकम्पका कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युतका पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको जानकारी पनि उनले दिए । पूर्वी पाकिस्तान र भारतमा समेत झड्का महशुस भएको थियो । Photo: BBC Hindi

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार