आज बेलुका भएको सडक दुर्घटनामा एकजनाको ज्यान गएको छ । कपिलवस्तुमा भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको हो । आज बेलुकीपख जिल्लाको जीतपुर–तौलिहवा सडकखण्ड अन्तर्रगत पचेहरामा भएको मोटरसाइकल दुर्घटना हुँदा वाणगंगा निवासी लक्ष्मी आचार्यको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

मृतक आचार्य सवार स्कुटर दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय पिपरामा स्कुटर दुर्घटनामा परेको जनाएको छ । दुर्घटनाबाट गम्भिर घाइते आचार्यलाई तत्काल उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभए पछि उहाँलाई तत्काल बुटवल रिफर गरिएको थियो । उपचारको क्रममा आर्चायको ज्यान गएको हो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार