युटयुबबाट चर्चा कमाएका भाग्य न्यौपाने चर्चित हाँस्य टेलिसिरियल रिसानी माफको आज प्रसारण हुने नयाँ भागमा देखिएका छन् । रिसानी माफ सिरियलको मुख्य पात्र मोडल तथा कलाकार आशा खड्का उर्फ शुकुमाया र भाग्य न्यौपाने प्रेमी प्रेमिकाको भुमिकामा प्रस्तुत भएका छन् ।

सुरुवाती दिनमा कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको हाँस्य टेलिसिरियल ‘रिसानी माफ’ अहिले हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।

सिरियलमा रामचन्द्र अधिकारी, आशा खड्का, विनोद राई, राजकुमार देवकोटा, वेगम नेपाली, नेत्र रावत, यादव देवकोटा, सम्झना बुढाथोकी, लक्ष्मण चौलागाँई, बिकु थोकर, अनिता गिरी, सन्तोष न्यौपाने, वेगम पुन, सिवहरी नेपाल लगायतका कलाकारहरुको अभिनय रहेेेेको छ ।

यो सिरियलको परिकल्पनाकार तथा निर्देशन प्रकाश सुवेदी हुन भने निर्माता राजकुमार देवकोटा ‘हिराकाजी’ रहेका छन ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार