काठमाडौ । शालिकराम पुडासैनी प्रकरणमा चितवन अदालतबाट ५ लाख धरौटीमा रिहा भएका रबि लामिछानेलाई अर्को मुद्धा आइलागेको छ। अदालतको मानहानी गरेको आरोपमा ‘सिधाकुरा जनता सँग’का कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत कञ्‍चनपुरमा मुद्दा परेको हो।

चर्चित काण्ड निर्मला पन्तको बला’त्कारपछि गरिएको ह’त्यामा प्रमाण न’ष्ट गरेको आरोपमा निलम्बित डिएसपी अंगुर जिसीलाई निर्दोष सावित गर्ने नियतले सिधाकुरा जनता सँग कार्यक्रममार्फत रविले नि’लम्बित जिसीको अन्तर्वार्ता गरेको र अदालतले निर्दोष सावित गरेका कञ्‍चनपुरका दिलिपसिंह बिष्टलाई दोषी किटान गरी अदालतको मानहानी हुने काम गरेको आरोपमा खड्क बिष्टले उजुरी दिएका हुन्। खड्क दिलिप बिष्टका दाजु हुन्।

सिधा कुरा जनतासँग कार्यक्रममा मुद्दा चलिरहेकै अवस्थामा बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का डिएसपी जिसीको अन्तर्वार्ता गरेर अदालतको मानहानी भएको भन्ने आरोपमा जाहेरी परेको जिल्ला अदालत कञ्‍चनपुरका श्रेष्तदार हरिकृष्ण अवस्थीले बताए। ‘आईतबार सुदूरपश्‍चिम प्रदेशमा सार्वजनिक विदा भएका कारण पर्सी सोमबार उक्त निवेदन न्यायाधीशसमक्ष पेश हुने उनले बताए। त्यसपछि मात्रै निवेदनको प्रक्रिया अगाडि बढ्नेछ।

सिधा कुरा जनतासँग कार्यक्रममा बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक जिसीले निर्मला पन्तको बला’त्कारपछि ह’त्यामा सतप्रतिशत दोषी दिलिप बिष्ट नै भएको ठोकुवा गरेका थिए। रविले समेत दिलिपलाई बला’त्कारी भएको भन्दै अपमानित शब्द प्रयोग गरेको उजुरी पत्रमा उल्लेख छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार