धरौटीमा रिहा भइसकेपछि सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले आफ्नो समर्थकहरुलाई सम्बोधन गरे। सोमबार मात्रै सञ्चारकर्मीद्वय लामिछाने पाँच लाख र कँडेल तीन लाख धरौटीमा रिहा भएपछि मंगलरबाका दिन उनीहरुले चितवनबाटै भव्य कार्यक्रमकाबीच आफ्नो समर्थकहरुलाई धन्याबाद दिदै सम्बोधन गरेका हुन् ।

सञ्चारकर्मी लामिछाने र कँडेलले ७७ वटै जिल्लाबाट चितवन आएर आफूहरुको न्यायका लागि लाडेको भन्दै सलाम गरेका छन् । सञ्चारकर्मी लामिछानेले ‘सीधाकुरा जनतासंग’ कार्यक्रमले मुलुकको कुना–काप्चामा पुगेर सबै समस्याहरुलाई बाहिर ल्याउन नसकेको भएता पनि आगामी दिनहरुमा प्रत्येकको घर–घरमा पुग्ने बताएका छन् ।

हजारौंको संख्यामा उपस्थित समर्थकहरुले ‘हाम्रो रवि हाम्रो देश, प्राण भन्दा प्यारो छ, रवि दाई हाई हाई’ लगाएतका नारा लगाए

साथै ‘सीधाकुरा जनतासँग’कार्यक्रमले आवाज विहीनहरुको आवाजलाई प्रस्तुत गरिरहने प्रतिबद्धा पनि जनाएका छन् । अहिलेसम्म यस कार्यक्रमको ६ वटा एपिसोड प्रसारण गर्न छुटिसकेको भएता पनि आगामी शनिबारबाट पुनः प्रसारण गर्ने जानकारी समेत गराएका छन् ।

उनले आफ्नो न्यायको लागि विदेशबाट समेत आवाज उठाएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई समेत सोही मञ्चबाट धन्यबाद दिएका छन् । हजारौंको संख्यामा उपस्थित समर्थकहरुले ‘हाम्रो रवि हाम्रो देश, प्राण भन्दा प्यारो छ, रवि दाई हाई हाई’ लगाएतका नारा लगाएका थिए । बालक देखि बृद्ध हुदै प्रहरीसम्म अँगालो हालेर रोएका थिए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार