मुगु जिल्लाका चौथो कोरोना संक्रमित भनिएका जिल्ला स्वास्थ्य सेवा कार्यालयका लेखापालले ५ दिन मै कोरोनालाई जितेका छन । गत ८ गते मुगुबाट परिक्षणका लागी पठाएका स्वावहरु मध्य ६१ जनाको रिपोट नेगटिप र लेखापाल सुरेश कुमार केसीको पोजेटिभ रिर्पोट आएको थियो ।

आफु रिर्पोट पोजेटिप आएपनि नपत्याएका केसी ल्याव वा अन्य कुनै बदमासी भएको आशंका गदै आएका थिए । शनिबार उनी सहित ३६१ जनाको रिपोर्ट नेगटिप आएपछि उहाँले आफनो शंका झन बलियो भएको बताएका छन ।

उहाँ भन्नुहुन्छ म मा कोरोना भएको भए मेरो सम्पर्कमा भएका र आएको कसैको त रिर्पोट पाजेटिभ आउनु पर्ने हो अघिल्लो परिक्षण अघि म कतीसंग घुलमेल भए कसैलाई त लक्षण देखिनु पर्ने हो ।

मलाई कोरोना पोजेटिप भएको बताईएपनि अझै पनि म भन्छ ममा १०० प्रतिशत कोरोना थिएन त्यो मलाई बदनाम गर्न चालिएको प्रपन्च थियो ।

नत्र मैले न औषधी खाएको छु न कुनैै घरेलु उपाय अपनाएको छु पहिला खान्थे जस्तो खान्थे त्यही खाएको छु अपानाएको छु ५ दिन मै कोरोनाबाट म कसरी सन्चो भएर त आफैलाई थाहा नभएको, यो कसरी भयो भनी उहाँ उल्टै प्रश्न गर्नुहुन्छ उहाँ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार