नेपाल आइडलको सिजन २ मा सहभागी भएर चर्चित बनेका अस्मिता अधिकारी र कृशल कडेलले एक साथ गाएको पहिलो गीत “तिम्रो साथमा रमाऊँ” भिडियो सहित रिलिज भएको छ। नेपाल आइडल २ मा अस्मिता चौथो भएकी थिइन् भने कृशल उत्कृष्ट ७ मा पुगेका थिए।

पछिल्लो समय अस्मिता र कृशलका हिट गीतहरू बजारमा आइरहेता पनि पहिलो पटक हो उनीहरूले युगल गीत गाएका। नेपाल आइडलको मंचबाट छुट्टिए पछि यसरी पहिलो पटक संगै गीत गाउन पाएकोमा कृशल र अस्मिता दुवै खुशी छन्। भन्छन् “हामीलाई नेपाल आइडलको मंचको जस्तै माया दर्शक श्रोताले यो गीत मार्फत पनि दिनु हुनेछ।

अस्मिता र कृशलको यो नयाँ गीतलाई बेलायतम बसेर गीत गजल लेखनमा सकृय नृपेश उप्रेतीले लेखेका हुन् भने संगीत पनि गीतकार उप्रेतीले एरेन्जर पुरुषोत्तम सुवेदीको साथमा मिलेर तयार पारेका हुन्।

अहिले बजारमा चलिरहेको भन्दा अलि फरक भएकोले संगीत प्रेमीहरू यो गीतलाई मन पराउने कुरामा गीतकार उप्रेती आशावादी छन्। रोमान्टिक फ्लेवरको यस गीतमा स्वयं अस्मिता र कृशल अभिनय गरेका छन्।

खुशी इन्टटेनमेन्टको प्रस्तुति यस गीतको म्युजिक भिडियो निर्माण ह्वाइट मिडिया प्राली गरेको हो भने भिडियोको निर्देशन तथा सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका हुन र छायांकन नमराज घिमिरेले।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार