२२ फाल्गुन २०७६, बिहीबार १४:२९  


image

कैलाली, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दगोरीया गाउँपालिका-२ सडकपुर बौनिया बस्ने २९ वर्षीय दिल बहादुर चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती महिलालाई जानकी गाउँपालिका-४ मनुवाबाट बा.१० च १८३९ नम्बरको जिपमा राखी झबही भन्ने स्थानमा लगेर जिपभित्र जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भक्तपुर, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा महालक्षमी नगरपालिका-५ घर भएका शुक्रराज रम्तेललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले रम्तेललाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि, सर्लाही, मलंगवा नगरपालिका-४ स्थित सडकबाट कोडैना गाउँपालिका-४ बस्ने २५ वर्षीय शसिभुषण पटेललाई नियन्त्रित ला’गूऔ’षध डा’ईजे’ल्याब १ सय ए’म्पुल, नु’र्फिन १ सय ए’म्पुल र फे’नराग’न १ सय ए’म्पुल सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले मलंगवाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश नं.२ ना ५ ख ४०७३ नम्बरको बस जाँच गर्दा बसमा सवार पटेललाई उक्त ला’गूऔ’षध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
ताजा अपडेट
Like Us
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH