६ पुष २०७६, आईतवार ०९:१२  
image
Loading...

काठमाडौं । भारतमा विवादास्पद नागरिकता विधेयकका कारण आन्दोलनले उग्र रुप लिइरहेका बेला भारतीय सत्ता पक्षबाहेक सबैले त्यसको विरोध गरिरहेका छन् । लामो समयदेखि भारतमा शरण लिइरहेका पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैरमुस्लिम समुदायलाई भारतले नागरिकता दिएपछि अहिले आन्दोलन चर्किरहेका बेला विपक्षी कांग्रेस, कम्युनिष्ट लगायतका सांसदहरुले विरोध गर्दै भारतीइ जनताको पक्षमा आँफुहरु रहेको उल्लेख गरिरहेका छन् ।

भारतीय प्रमुख विपक्षी दल काँग्रेसकी अध्यक्ष सोनिया गान्धीले त ट्वििट गरेर मोदी सरकारको विरोध गरेकी छिन् । सोही रिट्वीट प्रधानमन्त्री ओलीले रिट्विट गरेपछि अहिले बालुवाटारमा हंगामा मच्चिएको छ । प्रधानमन्त्रीले सोनिया गान्धीको ट्विट रिट्वीट गरेको करिब डेढ घण्टापछि बल्ल हटाइयो । त्यतिबेलासम्म यो खबरले भारतमा हंगामा नै मच्चाइसकेको थियो ।

भारतका थुपै मिडियाले कभरेज गरेपछि बल्ल बालुवाटारले पत्तो पायो । बालुवाटारमा खैलाबैला भएपछि रि(ट्वीट ‘अन डु’ गरिएको स्रोतले जनाएको छ । बालुवाटार स्रोतका अनुसार धानमन्त्रीको ट्वीटर ह्याण्डल @PM_Nepalको पासवर्ड दुरुपयोग भएको र प्रमले नभई अरु कसैले ट्वीटर ह्याण्डल चलाइरहेको प्रम ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले आधिकारिक रुपमा स्पष्टीकरण दिएका छन् ।

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
सर्वाधिक पढिएको
Loading...
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH