११ पुष २०७६, शुक्रबार २१:५६  


image

काठमाडौं । पुर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा विवादलाई लिएर फेरि मुख खोल्नु भएको छ । उहाँले नेपालको एक इन्च भूमि पनि अरुलाई मिच्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हात्ती महोत्सव उद्घाटन गर्न चितवन पुगेका अध्यक्ष दाहालले कसैको भूमि नमिच्ने र मिचिएको भूमिपनि फिर्ता गरेरै छाड्ने बताउनु भएको छ ।

नेपालले आफ्नै पहिचान, राष्ट्रियता, राष्ट्रिय अखण्डता तथा सार्वभौभ भएको उल्लेख गर्दै नेपालीहरू राष्ट्रियता, भौगोलिक अखण्डताका पक्षमा एकजुट हुनुपर्ने उल्लेख गर्नुभयो । नेपालीहरू अवसरको सङ्घारमा रहेको बताउँदै अबको दशक विकासको दशकमा बदल्नुपर्नेमा उहाँले जोड दिनुभयो । भिजिट नेपाल २०२० नजिकिँदै गरेको अवसरमा अहिले तुलनात्मकरूपमा विश्वभर राम्रो सन्देश गएको पनि उहाँले स्पष्ट पार्नुभयो ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन