१८ पुष २०७६, शुक्रबार २०:०८  
image
Loading...

काठमाडौं । सीमा विवादबारे भारतले आफ्नो पुरानै अडान दोहोर्याएको छ । भारतले पछिल्लोपटक आफूले निकालेको नक्शाले सार्वभौम भारतलाई झल्काउने र यसमा नेपालसँगको सीमा मिचिएको भन्ने कुरा सत्य नभएको बताएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले एक पत्रकार सम्मेलनमा कालापानीको विषयलाई लिएर नेपालमा उठेको विवादबारे सोधिएको प्रश्नमा यस्तो बताएका हुन् । जवाफमा उनले भने, ‘हामीले आफ्नो अडान प्रष्ट पारिसकेका छौं ।

नयाँ नक्शामा नेपालसँगको सीमा परिमार्जन गरिएको छैन । नेपाल र भारतबीच सीमांकनको विषय टुंग्याउने काम अहिले चलिरहेको छ । बाँकी रहेका विवादहरु विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाइनेछ ।’ उनले नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको टेलिफोन वार्तामा सीमा विवादका विषयमा छलफल भए नभएको आफुलाई जानकारी नभएको उनले जानकारी दिए ।

नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुराकानी भएको थियो । दुई प्रधानमन्त्रीले सीमा विवादबारे खुलेर चर्चा नगरे पनि समस्या कुटनीतिक रुपमा हल गर्ने सहमति भएको बताइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार

दीपक मनाङ्गे धरौटीमा रिहा

 १२ माघ २०७६, आईतवार १८:३५  

सर्वाधिक पढिएको
Loading...
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH