images
   १५ आश्विन २०७६, बुधबार २०:११  
image

केही दिन देखि चर्चामा रहेकी रोशनी शाहीले अहिले अश्लील गाली गलौज गर्न थालेको देखिएको छ । उनको भनिएको फेसबुक आइडीमा उनले निरन्तर कृष्ण बहादुर महरासँगको सम्बन्धको बारेमा बाहिर ल्याएका पत्रकार अजयबाबु सिवाकोटीर्लाइ लक्षित गर्दै उनले भद्धा खालका स्टाटसहरु राख्न थालेकी छिन् । विभिन्न सञ्चारमाध्यमले सत्य मानेको आइडीबाट आएका केही स्टाटसहरु तल हेर्न सक्नुहुन्छ ।

उनले विभिन्न समाचार तथा भिडियो राख्दै यस्ता खालका प्रतिकृयाहरु दिएकी छिन् । ‘यो फेक आईडि बजाउने लाई खोजेर सिस्नु पानी लगाउछु जा* जाहरु ।’, “यहि (अजय सिवाकोटी) पत्रकार हो मलाई फसाएर महरा सर बिरुद्द बोल्न लगाउने मेरो कोठामा एक्कासि आएर ठाउँ ठाउँमा मलाई छुने गगन थापाको पिए लाई किटानि जाहेरि दिनेछु ।’

उनले यहाँनेरी गम्भीर खालको आरोप लगाएकी छिन् । उनका अनुसार सिवाकोटीले चाँही उनीमाथि दुव्र्यवहार गरेका हुन् । उनले अगाडी लेखिन्, ‘आफु हाईलाईट हुन जे मन लाग्यो तेहि बोल्ने यो कुन चाहिँ जा हो ?’, ‘झुठको खेति र गु को खेति एउटै हो ।’, पत्रकार रअ सिवाकोटि लाई म कहाँ आउन निम्ता छ ।’ उनले यस घटनाका लागि आफुलाई र परिवारलाई राष्ट्रय मात्रै नर्भइ अन्तराष्ट्रिय दबाब आएको बताएकी छिन् ।

उनका अरु स्टाटस पनि हेर्नुहोस, ‘के को कार्बाहि जो निर्दोस छ उस (कृष्ण बहादुर महरा) लाई किन कार्बाहि ? दुई-दुई वटी स्वास्नी राख्ने चाहिँ भलादमि जो चोर उनकै ठुला स्वर’ यो उनले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कारबाही हुनुपर्छ भनेको समाचार सेयर गर्दै यस्तो लेखेकी हुन् । उनले लेखेको अर्को स्टाटस, ‘पा’गलहरु सिसि टिभिमा देखिएको फुटेज हामिले पनि हेर्न पाउनुपर्यो ।’,

‘यो (हाम्राकुरामा देखाएको) मोबाईल मेरो नभएको जसले मलाई र महरा सर लाई बिबादमा ल्याउन खोजेको जो गगन थापाको पिए पत्रकार लाई भोलि म संग भेट्न आउँन निम्ता दिएकी छु ।’ उनले अगाडी भनेकी छिन्, ‘यो सत्य होईन म बिरामि भएर सुतिरहेको बेला रअ बाट आएको पत्रकार (सिवाकोटी) जसले ध’म्किपुर्ण तरिकाले मलाई प्रयोग गर्यो जो गगन थापाको पुर्व पिए रहेछ ।’

उनले गरेको अर्को दावा, ‘भिडियोमा देखाईएको मेरो मोबाईल होईन मेरो फे’क आइडि बनाएर मेरो फोटोहरु र अनेक थरिका शब्दहरु सामाजिक सन्जालमा राखेर जसले गरे पनि ष’डयन्त्र को पर्दाफास हुन्छ नै’ यो यो आइडी सही वा गलत्त त्यो भने पुष्टि हुन सकेको छैन ।