१० कार्तिक २०७६, आईतवार १६:२०  
image

आज अचानक नयाँबानेश्वरस्थित संसद भवन अगाडि डरलाग्दो दुर्घटना भएको छ । आज मोटरसाइकल र ट्याक्सी ठोक्किएपछि दुर्घटना भएको हो । बानेश्वरतर्फबाट तीनकुनेतर्फबाट गइरहेको बा२ज४६२६ नम्बरको ट्याक्सीर विपरीत दिशाबाट आइरहेको बा५९प ३९६७ नम्बरको बजाजको डिस्कभर मोटरसाइकल जुधेका हुन् ।

तीव्र गतिमा रहेको मोटरसाइकल आफ्नो लेन छोड्दै विपरीत दिशाबाट आएको ट्याक्सीसँग ठोक्किएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल ठोक्किएपछि ट्याक्सीकोअघिल्लो भाग कुच्चिएको छ । ट्याक्सीको नम्बर प्लेटको भागमा मोटरसाइकल ठोक्किएपछि त्यसका चालक ट्याक्सीमाथि गएर बजारिएका थिए। मोटरसाइकलबाट उछिटिएका चालक ट्याक्सीको अघिल्लो भागमा बजारिँदा ट्याक्सी कच्याकुच्चुक भएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रियाापन
सम्बन्धित समाचार
सर्वाधिक पढिएको
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH