Skip
Bishal4You    १६ पुष २०७६, बुधबार २३:०३  


image

काठमाडौं । चिसो अत्यधिक बढेको थियो । साँझका लागि दाउरा जोहो गर्न उनी नजिकैको सालघारी गइन् । तीन वर्षीया छोरी भित्रै सुतेकी थिइन् । एक डेढ घण्टापछि फर्कंदा घरबाहिरै श्रीमान्‌ले छोरी बितेको सुनाए । उनी अक्क न बक्क परिन् । भित्र पसेर हेर्दा छोरीको गु’प्तांगबाट रगत बगिरहेको थियो । उनले तत्काल छिमेकी गुहारिन् । वरिपरिका महिला जम्मा भए । उनीहरूले महिलाका श्रीमान्ले नै छोरीलाई बला’त्कार गरेको भन्दै पि’ट्न थाले । केही बेरपछि प्रहरी आएर नियन्त्रणमा लियो । ‘भित्र पसेर हेर्दा पनि मलाई विश्वास लागेन,’ बालिकाकी आमाले रुँदै भनिन्, ‘यस्तोसम्म गर्ला भन्ने सोचेकी थिइनँ ।’

उनका अनुसार श्रीमान्ले नै छोरी आफूले हेरिदिने भन्दै उनलाई दाउरा लिन पठाएका हुन् । उनी तीन महिनाअघि पुरानो घर छाडी भीमदत्त नगरपालिका–१८ सालघारीमा भागी विवाह गरेर आएकी हुन् । पहिलेका पतिबाट जन्मिएकी छोरीलाई परशुराम नगरपालिकास्थित माइतमै छाडेकी थिइन् । पछिल्ला पतिले बालिकालाई आठ दिनअघि मात्रै यहाँ ल्याएका हुन् । ‘माइजू, नाइँ म जान्नँ भन्दै थिई,’ बालिकाकी माइजूले भनिन्, ‘मेरा छोराछोरी केही छैन, यसलाई राम्ररी पाल्छु भनेर ल्याएको हो, यस्तो गर्न पो ल्याएको रहेछ ।’

सोमबार साँझको घटनापछि बालिकाकी आमा बोल्नै नसक्ने अवस्थामा छिन् । पुरानो घर छाडेर आएकामा अहिले पछुतो मान्दै छिन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेन्द्र चन्दका अनुसार बालिकाको मंगलबार साँझ पो’स्टमा’र्टम गरिएको छ । आफन्तले ढिलो गरी जाहेरी दिएकाले पो’स्टमा’र्टम गर्न ढिलाइ भएको उनले बताए । ‘बालिकाकी आमाले नै सौतेलो बुबाविरुद्ध जाहेरी दिएकी छन्,’ चन्दले भने, ‘हामी अनुसन्धानमै छौं, पो’स्टमा’र्टम रिपोर्ट आएपछि थप कुरा खुल्दै जानेछ ।’ स्थानीयले घटनामा संलग्नलाई हदैसम्म कारबाही हुनुपर्ने माग गरेका छन् । कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
ताजा अपडेट
Like Us
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH