७ चैत्र २०७६, शुक्रबार २३:१५  


image

धेरैलाई कुकुरमा कोरोना भाइरसको संक्रमण हुँदैन भन्ने भ्रम रहेको छ । यो बीचमा कुकुरमा पनि भेटिएको छ । हङकङमा हालै गरिएको अनुसन्धानमा एउटा घरपालुवा कुकुर संक्रमित भेटिएको हो । हङकङ आइल्याण्डस्थित पोक फु लाम क्षेत्रमा ‘जर्मन सेफर्ड’ जातको कुकुरलाई केही दिनअघि क्वारेन्टाइनमा पठाइएको थियो । उक्त कुकुरको मालिकलाई पनि संक्रमण भएको थियो ।

कोरोना भाइरस पहिचान भएको प्रारम्भिक अवस्थामा कुकुर, बिरालो जस्ता घरपालुवा जनावरमा कोरोना भाइरस नभेटिएको विश्व स्वास्थ्य संगठनले जनाएको थियो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार हालसम्म दुई वटा कुकुरलाई संक्रमण भइसकेको छ । यद्यपि घरपालुवा जनावरलाई किस नगर्न तथा अंकमाल नगर्न पनि वैज्ञानिकहरुले सुझाव दिएका छन् ।

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
ताजा अपडेट
Like Us
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH