images
   ३ आश्विन २०७६, शुक्रबार १७:३४  
image

आफुसँगै भएको साथि बिरामी भएपछि छोडेर भाग्ने पक्राउ परेका छन् । सँगै गएका साथि बीच बाटोमा एक्कासि बिरामी भएपछि खेतमै छाडेर २ जना घर फर्किएकाहरु पक्राउ परेका हुन् । बिरामी साथीलाई अलपत्र पारेर छाडेर हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जानकारी अनुसार ति बिरामीको मृत्यु भइसकेको छ । यो घटना ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोको हो । असोज १ गते साढे ११ बजे ठेचोकै ३३ वर्षीय राजु महर्जन, बलराम केसी र सुरोज परियार प्रदेश ३–०२००९ प ११०५ नम्बरको स्कुटर चढेर मदिरा खान भनेर नजिकैको खेतमा गएका थिए । सोही क्रममा ३५ वर्षीय केसी अचानक साँझ साढे ७ बजे बेहोस भए ।

साथि बेहोस भएपछि टाउकामा पानि छ्याप्दा पनि होस नखुलेपछि महर्जन र परियार बिरामी साथीलाई छाडेर घर फर्केका थिए । बिरामी परियार हिजो बेहोस अवस्थामा खेतमा भेटिएपछि प्रहरीले उद्धार गरेर पाटन अस्पताल पुर्याएको थियो । बिरामीको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले महर्जन र परियारलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको बताएको छ ।