१२ माघ २०७६, आईतवार १९:३५  
image

चिनियाँ स्वास्थ्यमन्त्री डा. मा सीआओवीले आइतबार वुहान कोरोना भाइरसबारे दुखद खबर सार्वजनिक गरेका छन् । उनले भने, “कोरोना भाइरसका लक्षण देखिनुअघि फैलिन सक्छ ।” अमेरिकी स्वास्थ्य संस्थाका वरिष्ठ सल्लाहकार डा. विलियम साफ्‍नरले स्वास्थ्यमन्त्रीको अभिव्यक्ति ‘गेम चेन्जर’ हुने बताए ।

उनले भने, “जब मैले यो समाचार सुने, अनि सोचें । हे भगवान ! यो त हामीले अपेक्षा गरेभन्दा पनि खतरानाक रहेछ । यसको अर्थ हामीले जित चाँडो सक्छौं भन्‍ने सोचेका थियौं, यो वास्तवमा हामीले सोचेभन्दा निकै चाँडो सर्छ ।”

डा. साफ्नरले यो नयाँ सूचनाले थप प्रश्‍न उब्जाएको छ । अमेरिकामा देखिएको कोरोनाको संक्रमण तीन जनाभन्दा बढी व्यक्तिम फैलिन नदिने कुरामा सजग हुनुपर्ने अवस्था आएको उनले बताए । “यदि चिनियाँ स्वास्थ्यमन्त्री सही हुन् भने हामीले यसलाई नियन्त्रण गर्ने नयाँ रणनीति अपनाउन जरुरी छ,” डा. साफ्नरले भने ।

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
सर्वाधिक पढिएको
Loading...
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH