images
   ३ भाद्र २०७६, मंगलवार २३:५२  
image

मिल्ने साथी रविलाई अभिनेता रमेश उप्रेतीले चितवन पुगेर भेटे: ‘जुन दिन निर्दोश सावित भएर रवि निस्कन्छन् त्यो दिन काँधमा बोक्न म फेरी आउँछु’ चितवन, ३ भदौ । चर्चित अभिनेता रमेश उप्रेतीले आफुले लामो समय रवि लामिछानेसंग संगत गरेको बताएका छन् । उनी आफ्ना साथी रवि हि रासतमा रहेका बेला भेट्न चितवन पुगेका छन् । उनले रविको विषयमा राजनीति हुन नहुने बताए ।

उनले कानुनी राज्य हुनुपर्ने भन्दै उनले आफु रबि लामिछानेको पक्षमा भन्दा पनि सत्यको पक्षमा भएको बताए । उनले रविलाई हि रासतमा गएर भेटेका छन् । उनले रविलाई भेट्दा उनको आँखामा कुनै गल्तीको भाव नदेखेको बताए । उनले भने ुमैले रविको आँखामा त्यस्तो कुनै भाव देखिन, जसले गल्ती गरेको हुन्छ त्यस्तो कुनै भाव देखिनुपर्ने, उनको आँखामा कन्फिडेन्ट देखेको छुु । धेरै वर्ष अगाडी देखिको साथि पनि हुन उनीहरु । रबिलाई भेटेर निस्केपछि रविले न्याय पाउने आशा ब्यक्त गरेका छन । रबि कस्तो स्वभावको हो भन्ने प्रश्नमा उनले भने – ुरबि देशको लागी केहि गरौ भन्ने व्यक्ति हो र निक्कै असल मान्छे हो ।

उनले रविलाई हिरासतमा लिएर अनुसन्धान गर्ने कुरालाई गलत रुपमा बुझ्न नहुने बताएका छन् । उनले कसैको विषयमा प्रश्न उठीसकेपछि अनुसन्धान भने हुनुपर्ने बताएका छन् । उनले जुन दिन अनुसन्धान सकिन्छ त्यो दिन रवि निर्दोश सावित हुने भन्दै रवि वाहिर निस्केको दिन आफु रविलाई काँधमा बोकेर लैजाने बताए । पत्रकार शालिकराम पुडा८सैनीको आत्मह८त्या प्रकरणका आरोपीसँग बयान लिने क्रम सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अस्मिता कार्कीसँग र सोमबार सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेलसँग बयान लिएर सकेको हो ।

प्रारम्भिक बयानका क्र८ममा मृत८क पुडासैनीसँगको चिनजान, कामको सिलसिला, व्यव८हारबारे लामिछानेसँग जानकारी लिइएको छ । कँडेल र कार्कीले भने इन्कारी बयान दिएको स्रोतले जनाएको छ । बयानपछि घटनाको थप अनुसन्धान गर्नु प८र्ने पाटो पनि भएकोले तीनै जनालाई म्याद थप गरि अझै केहि दिन हिरासतमा राखिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले बताए ।

मेलिना बनिन् मुस्ताङ सुन्दरी (भिडियाे)

 १६ आश्विन २०७६, बिहीबार २१:५८