images
   २ आश्विन २०७६, बिहीबार ०२:५५  
image

ती युवती ठुलो स्वरमा चिच्चा.उँदै र रुँदै गरेको दृश्य निकै कारुणिक थियो । उनीहरु बिचको नाता सम्बन्ध भने के थियो थाह भएन ।’

नारायणी पुलबाट एक युवक हाम्फा-लेर बेप.त्ता भएका छन् । बुधबार दिउसो स्कुटी चढेर आएका भरतपुर नगरपालिका ११ निवासी २५ वर्षीय उदार पौड्याल नारायणी पुलबाट हाम्फालेर बेपत्ता भएको चितवन जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाले जानकारी दिए ।

उनी हाम्फा,ल्ने क्रममा एक जना युवाले तान्ने प्रयास गरेका थिए । एक जना प्रत्यक्षदर्शीका अनुसार उनीसँगै आएकी एक युवती पुल किनारमा डाको छाडेर रुँदै थिइन् ।

एक प्रत्यक्षदर्शी भन्छन्, ‘ती युवती ठुलो स्वरमा चिच्चा*उँदै र रुँदै गरेको दृश्य निकै कारुणिक थियो । उनीहरु बिचको नाता सम्बन्ध भने के थियो थाह भएन ।’ ती युवतीसँग सोधपुछ–अनुसन्धान गरिँदै रहेको र बेपत्ता युवाको खोजी कार्य भइरहेको त्यहाँका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ले बताए ।

सोही पुलबाट असार १ गते शुक्रबारका दिन विवाह भएको तीन महिना मै चितवनको राप्ती नगरपालिका ६ वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा हाम्फालेर बेप,त्ता भएकी थिइन् ।