२१ मंसिर २०७६, शनिबार २२:५४  


image

काठमाडौं । जनकपुरमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत आज भएको कुस्ती खेलमा नेपाल पहिलो स्वर्ण पदक जित्दै इतिहास रच्न सफल भएको छ । सागमा जनकपुरमा जारी कुस्ती प्रतियोगितामा १९ वर्षीया सङ्गीता धामीले स्वर्ण जितेर इतिहास रच्नुभएको छ ।

पचपन्न किलो तौल समूहमा बङ्गलादेशकी सकिरा सरकाररिनेलाई ४–१ ले हराउँदै उहाँले स्वर्ण हात पार्नुभएको हो । सागको कुस्तीमा नेपालको यो पहिलो स्वर्ण हो । यसअघि शुक्रबार नेपालले एक रजत र तीन कास्य पदक जितेको छ ।

जीतपछि खुशीको आँशु

जनकपुरमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज भएको कुस्ती खेलमा नेपालको इतिहास पहिलोपटक सङ्गीता धाँमीले स्वर्ण दिलाउँदा जीतपछि खुशीले आँशु थाम्न सक्नुभएन । उहाँले स्वर्ण जितेसँगै निकै भावुक हुनुभयो र उहाँको आँखाबाट खुशीको आँशु झर्न थाल्यो ।

सङ्गीताका खुशीका आँशु झारेर नै रुन थालेपछि प्रशिक्षक र सहयोगीले सम्हालेका थिए । सङ्गीताको खुशीको आँशुले कवर्डहलमा उपस्थित दर्शक समेतलाई केही भावुक बनाइदियो । आज भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा सङ्गीताले बङ्गलादेशी प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । सङ्गीताले बङ्गलादेशकी सकिरा सरकाररिनेलाई ४–१ अङ्कले पराजित गर्नुभएको हो । स्वर्ण विजेता सङ्गीता पश्चिम महेन्द्रनगर निवासी हुनुहुन्छ ।

खेल मङ्सिर १५ गते उद्घाटन भएको जनकपुरमा भइरहेको सागको कुस्तीको समापन मङ्सिर २४ गते हुँदैछ । यस्तै, तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पौडीमा गौरिका सिंह १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्नबाट चुक्नु भएको छ । उहाँले रजतमै चित्त बुझाउनुभयो । सातदोबाटोस्थित पौडीपोखरीमा आज भएको उक्त स्पर्धामा सिंहले निर्धारित दूरी एक मिनेट ३ दशमलव १५ सेकेण्डमा पूरा गर्नुभयो । उक्त स्पर्धामा उहाँ भारतकी मन्नाराजीव पटेलभन्दा एक सेकेण्डभन्दा कम दूरीले पछाडि पर्नुभयो ।

पटेलले सो दूरी एक मिनेट २ दशमलव ३५ सेकेण्डमा पूरा गर्नुभयो । जारी १३औँ सागमा अहिलेसम्म सिंहले दुई स्वर्ण जितिसक्नुभएको छ । उहाँले दुई मिटर ब्याकस्ट्रोक र फ्रिस्टयालमा स्वर्ण जित्नुभएको हो । पौडीमा नेपालले हालसम्म दुई स्वर्ण, दुई रजत र एक कास्य जितेको छ । रासस


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन