images
   २५ श्रावण २०७६, शनिबार ००:५३  
image

आफ्नो मृ*त्युकाे बारे कसैलाई थाहा हुँदैन । मृ*त्युको ठ्याक्कै भविष्यवाणी गर्ने विधि दुनियामा अहिलेसम्म पत्ता लागेकाे छैन् । अमेरिकी वैज्ञानिकहरुले भने मृ*त्युको भविष्यवाणी गर्ने प्रविधिको विकास गरिसकेका छन् ।

क्यालिफोर्नियास्थित स्टानफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो प्रविधिको विकास गरेको दाबी गरेका छन् जसले कुनैप्नि मानिसको मृ*त्यु कहिले हुन्छ ? भनेर ९० प्रतिशत सम्म सही भविष्यावाणी गर्न सकदछ । शोधकर्ताहरुका अनुसार यस आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको सहायताले कुनैपनि बिरामीको अन्तिम समयलाई पहिले भन्दै धेरै उत्तम बनाउन सकिनेछ ।

शोधकर्ताहरुका अनुसार ८० प्रतिशत अमेरिकीले आफ्नो जिवनको अन्तिम पल परिवारका साथमा घरमै बिताउन चाहन्छन् र घरमै म*र्न चाहन्छन् ।

मानिसको मृ*त्यु कहिले हुन्छ भन्ने थाहा नहुँदा कुनैपनि बिरामीले अन्तिम समयमा जुन प्रकारको जिवन जिउन चाहेको हुन्छ, त्यो पाउँदैन । शोधकर्ताहरुका अनुसार ८० प्रतिशत अमेरिकीले आफ्नो जिवनको अन्तिम पल परिवारका साथमा घरमै बिताउन चाहन्छन् र घरमै म*र्न चाहन्छन् । जबकी ६० प्रतिशत मानिसको मृ*त्यु अस्पतालमै भैरहेको हुन्छ ।

स्टानफोर्ड विश्वविद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स ल्याबका विद्यावारिधी शोधार्थी आनन्द अवतीका अनुसार स्टानफोर्ड अस्पताल तथा लुसिल प्याकार्ड बाल अस्पतालबाट झण्डै २० लाख बिरामीको स्वास्थ्य सम्बन्धी तथ्यांक संकलन गरेकाेमा बच्चा तथा पाका मानिसहरु सम्मै सामेल थिए ।

उक्त डाटाको माध्यमबाट डिप नेचुरल नेटवर्क तयार पारियो । त्यसपछि आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतले कुन बिरामीको ३ देखि १२ महिना भित्रमा मृ*त्यु हुनेवाला छ भन्न अनुमान लगाइयो ।

शोधकर्ताका अनुसार उनीहरुले यस्तो मोडेल बनाउन सफल भएका छन् जसको सहायताले कुनैपनि प्रकारबाट हुने मृ*त्युको कारण पत्ता लगाउन सकिन्छ । साथै मृ*त्यु हुनुअघि कुनैपनि बिरामीको स्याहार सुसार कसरी गर्न सकिन्छ भन्ने कुरा पनि बताउन सकिनछ ।

याे पनि पढ्नुहाेस्ः

र्खरै काठमाडौँको स्वयम्भूमा डनमाथि प्रहरीले गोली चलायो, दुईजना ढले, प्रत्यक्षदर्शी डर लाग्दो बयान

प्रहरीको गोली लागेर घाइते भएका मिलन लामा ‘लोप्चन’ ले रामेछापको एउटा गाउँपालिकाका अध्यक्षसँग दुई करोड रुपैयाँ मागेको खुलेको छ।

महानगरीय अप*राध महाशाखाबाट खटिएको टोलीले पक्राउ गर्ने क्रममा घा*इते भएका लामाले टेलिफोन गरेर रामेछापको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कासँग २ करोड रुपैयाँ मागेको हो ।

अप*राध महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार जनप्रतिनिधिलाई धम्की दिँदै रकम मागेको जानकारी एक साताअघि नै आएको थियो। त्यसयता प्रहरीले लामालाई खोजी थालेको थियो।

एसएसपी थापाका अनुसार लामाले मागे जति रकम नदिएमा मा*र्ने धम्की दिएपछि जनप्रतिनिधिले प्रहरीको सहयोग मागेका थिए। जनप्रतिनिधिबाटै लामाबारेमा गुनासो गरेपछि प्रहरीले उनको खोजी थालेको थियो।