२९ आश्विन २०७६, बुधबार १९:०७  
image

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहेको छ । यो बीचमा एक स्थानीय नेताको काण्ड बाहिर आएको छ । भएको के भने मामा घरमा नभएको मौका पारी मदिरा सेवन गरेर राती माईजु भेट्न गएका व्यक्ति कुटिएका छन् ।

नेपाली कांग्रेस निकट नेपाल दरुण दल महाकाली नगरपालिकाका सभापति डम्बर राना(मगर) कुटिएका हुन् । रानाले माइजु नाता पर्ने एक महिलालाई मध्यरातमा भेट्न उनकै घर गएपछि महिलाका आफन्तले राती हातपात गरेका हुन् ।

महिलाका आफन्त एवं छरछिमेकीले श्रीमान नभएका मौकामा बलात्कार गर्न आएको भन्दै रानामाथी हात हालेका हुन् । उनीसंगै महिलालाई समेत हातपात गरिएको खुल्न आएको छ । महिलाका आफन्तले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले महिला सहित रानालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

मदिरा सेवन गरेका रानालाई एक रात हिरासतमा राखेपछि प्रहरीले परिवारलाई बुझाएको छ । तर, महिलालाई भने राति नै परिवारको जिम्मा लगाएइएको जनाइएको छ । इलाका प्रहरी कार्यालय दोधाराचाँदनीका प्रहरी इन्चार्ज एवं निरीक्षक चेतराम पनेरुले घटनाको पुष्टि गर्नुभयो । अहिले घटनालाई लिएर आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रियाापन
सम्बन्धित समाचार
सर्वाधिक पढिएको
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH