५ चैत्र २०७६, बुधबार ०९:५०  


image

देशको राजधानी भित्र नै महिलाहरु सुरक्षित छैनन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ तीनथानास्थित पार्किङ गरेर राखिएको ट्रकभित्रै १७ वर्षीया किशोरीमाथि सा’मूहि’क ब’लात्का’र भएको खबर बाहिर आएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सडक किनारमा पार्किङ गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्र लगेर ती किशोरीमाथि तीन जना युवाले सा’मूहि’क ब’लात्का’र गरेको खुल्न आएको हो । मंगलबार बिहान २ बजे भएको उक्त घटनामा संलग्‍न ३ जनालाई नै प्रहरीले नियन्त्रणमा लिएको छ ।

सा’मूहि’क ब’लात्का’र आरोपमा पक्राउ परेकाहरुमा राप्ती गाउँपालिका–१ दाङका २४ वर्षीय सञ्जय घर्ती मगर, सुनकोसी गाउँपालिका–९ सिन्धुलीका १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२ रामेछापका १९ वर्षीया कपिल खड्का रहेका छन् ।

उनीहरु विभिन्‍न ट्रकका सहचालक रहेको बताइएको छ । ब’लात्का’रमा परेकी किशोरीलाई प्रहरीले माइती नेपालको जिम्मा लगाएको छ ।

आरोपितलाई प्रहरी वृत थानकोटको हि’रास’तमा राखेर अनुसन्धान गरिरहेको डीएसपी श्रेष्ठले बताए । घरायसी कामको सिलसिलामा धादिङबाट काठमाडौं आएकी ती किशोरी सोमबार दिउँसो फर्कने क्रममा थिइन् । त्यही बेला तीनथानास्थित भेटिएका तीन जना युवाहरुले आफूहरु धादिङ जाने र सित्तैमा धादिङ पुर्याउने भन्दै पmकाएका थिए ।

धेरै अबेर भएपछि आफू कसैलाई सहयोग मागेको तर सु’नसा’न भएका कारण कसैले नसुनेको किशोरीले प्रहरीलाई बताएकी छन् । पछि उनीहरु तीनै जनाले आफूलाई समाएर ट्रकभित्र लगी ज’बर्ज’स्ती ब’लात्का’र गरेको पी’डित किशोरीले जानकारी दिएकी छन् ।

डीएसपी श्रेष्ठका अनुसार घटना घटाएर तीनजना भा’गेको अवस्थामा पी’डित किशोरीलाई प्रहरीको गस्ती टोलीले ट्रकको पछाडि फे’ला पारेको थियो ।

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
ताजा अपडेट
Like Us
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH