२४ भाद्र २०७६, मंगलवार १३:२७  


image

बुधवार १८ गते नै शुद्धोधन गाउँपालिका वडा नं. ६ बस्ने १८ वर्षीय लोक नारायण खनाल पक्राउ

तानसेन नगरपालिका वडा नं.७ मा जंगलमा झुण्डि*एको अवस्थामा युवतीको श’व फेला परेको छ । रस्साकी १७ वर्षीया सपना बि.क.को बुधवार दिउँसो बाँसटारी नजिकैको जंगलमा झुण्डि’एको अवस्थामा श’व फेला परेको हो ।

झु’ण्डिएको श*वको प्रकृति आ’त्मह’त्या नभई आ’त्मह’त्याका लागि बाध्य बनाइएको वा ह*त्या गरेर झु’ण्ड्याएको पनि हुन स्थानीय तथा परिवारको आशंका गरे ।

आ’त्मह’त्याको लागि बाध्य बनाइएको हुनसक्ने भन्दै पी’डित परिवारको उजुरी दिएको थियो । उजुरीकै आधारमा बुधवार १८ गते नै शुद्धोधन गाउँपालिका वडा नं. ६ बस्ने १८ वर्षीय लोक नारायण खनाललाई जिल्ला प्रहरी कार्यालय पाल्पाले नियन्त्रणमा लिएको छ ।

उनीहरु बाँसटारीमा भेट भए र नजिकैको जंगलमा पुगे । आरोपित खनालका अनुसार १६ गतेको रात उनीहरुले सोही जंगलमै बिताएको देखिन्छ ।

खनाललाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको एस.पी कृष्णराज सापकोटाले बताएका छन् । श’वलाई बिहीवार जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम गरिएको छ ।

तीजको दिन बिहान ११ बजेतिर सपना घर नजिकैको प्रभास भन्ने ठाउँमा तीज मेला हेर्न भनेर घरबाट एक्लै निस्केकी हुन् । सपना मेला हेर्न नगई उनका प्रेमीलाई भेट्न गएको र उनका प्रेमी खनाल बुटवलबाट उनलाई भेट्नकै लागि पाल्पा आइपुगेका थिए ।

उनीहरु बाँसटारीमा भेट भए र नजिकैको जंगलमा पुगे । आरोपित खनालका अनुसार १६ गतेको रात उनीहरुले सोही जंगलमै बिताएको देखिन्छ । सपनाको घरमा भने १६ गते साँझबाट खोजी भयो । उनी नफर्केपछि उनको खोजी गर्ने क्रममा सपनाकी साथी मार्फत सपनाको प्रेमी रहेको थाहा पाएपछि प्रेमीलाई सम्पर्क गरि पि’डित परिवारले पाल्पा बोलाए ।

पिडित परिवारले पटक पटक टेलिफोन गरेपछि उनी १८ गते दिउँसो बुटवलबाट पुनः बाँसटारी आइपुगे । आफुहरु सित भेट नभै प्रेमी एक्लै जंगलतिर गएर उनले सपना ज्युउँदो नहरेको बताउदै घरका हवुरबुवालाई जंगलमै वोलाए र उनीहरुले १६ गतेको रात बिताएको स्थानमा पुग्दा नजिकैको रुखमा झुण्डि’एको अवस्थामा सपनाको श*व फेला परेको उनका हजुरबुवा एक नारायण चुडारले बताए ।

श’वमा रगतको डा*म समेत देखिएकोले पनि शारीरिक सम्वन्धपछि उनको ह’त्या गरि झुण्ड्या’इएको हुन् सक्ने भएकोले सत्य तथ्य अनुसन्धान गरी दोषीलाई का’नुन बमोजिम कारवाही हुनुपर्ने उनले माग गरेका हुन् । सपना स्थानीय बिद्यालयमा कक्षा १० मा अध्ययनरत थिइन् ।

प्रहरीले भने आ’त्मह’त्या दुरु’त्साहन मुद्दा लगाएर आरोपितबारे अनुसन्धान अगाडि बढाएको छ । बिहीवार नै उनको जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद थप भएको समाचार डिसि नेपालमा छ ।

सांकेतिक तस्बिर : गुगल

फेसबुकको भिडियो डाउनलोड गर्ने सजिलो App तपाईकोहरुको मोवाइलको लागि डाउनलोड गर्नुहोस् :- Download

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
ताजा अपडेट
Like Us
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH