५ चैत्र २०७६, बुधबार १४:३४  


image

काठमाडौं, चैत ५ । नेपाल र इंग्ल्यान्डको ‘सी’ टोलीबीच हुने भनिएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ । विश्वभर ‘कोरोनाभाइरस’को महामारी फैलिएपछि नेपाली फुटबलमा पनि यसको असर देखिएको हो ।

यही कारण आगामी जेठ १२ गते इंग्ल्यान्डको अल्डरसटमा हुने तय भएको पहिलो मैत्रीपूर्ण खेल रद्द गरिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) र इंग्ल्यान्ड फुटबल संघबीच मैत्रीपूर्ण खेलसहित फुटबल विकासमा सहकार्य गर्नेबारेमा गत जनवरीमा सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

दोस्रो मैत्रीपूर्ण खेल सन् २०२१ मा नेपालमा आयोजना हुने सम्झौतामा उल्लेख छ ।

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
ताजा अपडेट
Like Us
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH