१६ पुष २०७६, बुधबार २३:२२  
image
Loading...

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२० सँगै नेपाल भ्रमण वर्ष पनि मनाइरहेको छ । आजदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ । यो बीचमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले भ्रमण वर्ष २०२० को शुभकामना दिंदै आफ्नो सुन्दरता छचल्किने तस्विरहरु सार्वजनिक गरेकी छिन् ।

भ्रमण वर्षलाई लक्षित गर्दै यान्कीले नेपाली सम्पदाहरु माझ मोडल झैं पोजहरु दिएर खिचेका तस्विर आफ्नो ट्विटर ह्यान्डलमा राखेकी छिन् । राजदुत यान्कीले भ्रमण वर्ष सफल रहोस भन्दै पर्यटनमन्त्री योगेश भट्टराईलाई शुभकामना समेत दिएकी छिन् ।

रातो र कालो पहिनमा देखिएकी यान्कीले नेपालको सुन्दरताको प्रशंशा गर्दै एकचोटी भ्रमण गर्नेपर्ने देश भनेर उल्लेख समेत गरेकी छिन् । यो भन्दा पहिले पनि उनले यस्ता खालका तस्बिरहरु सार्वजनिक गर्दै आएकी थिइन् ।

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
सर्वाधिक पढिएको
Loading...
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH