२० कार्तिक २०७६, बुधबार १८:२४  
image

काठमाडौं । भारतले नयाँ राजनीतिक नक्सा भन्दै नेपालको कालापानी, लिपुलेक लगायतका भुभागलाई आफ्नो कब्जामा लिएको विषय अहिले चर्चामा रहेको छ । भारतले पाकिस्तानको नियन्त्रण रहेको कश्मीरलाई पनि आफ्नो नक्सामा देखाएको छ । भारतको यो नक्सालाई पाकिस्तानले ठाडै अस्विकार गरेको छ ।

नेपालमा पनि सडकमा विरोध भए पनि सरकारी पक्षबाट कुनै आधिकारीक जानकारी आएको छैन । विपक्षी दलहरु अहिले सरकारसँग जवाफ मागिरेहका छन् । यो बीचमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले नेपाली भुमिमाथि गरेको हस्तक्षेप मान्य नभएको बताउनु भएको छ ।

दाङको घोराहीमा प्रेस संगठन नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताउनु भएको हो । अध्यक्ष प्रचण्डले भारतले लिपुलेक आफ्नो नक्सामा राखेको कुरा कुनै पनि हालतमा मान्य नहुने जिकिर गर्नुभयो । यसबारेमा आफुले पूर्ण रुपमा बुझ्न नपाएको भन्दै उहाँले भन्नुभयो, ‘तर, भारतले यस किसमको काम गरेको छ भने त्यो कदापी शैह्य हुँदैन ।’ सीमाका विषयमा कुनै सम्झौता हुन नसक्ने भन्दै उहाँले भारतलाई चेतावनी दिनु भएको हो ।

आफू भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसित प्रष्टरुपमा लिपुलेकबारे असहमति राखेको पनि उहाँले जानकारी गराउनुभयो । चीन र भारतबीच असहमती राख्दाराख्दै पनि भारतले एकतर्फी निर्णय गर्नु दुःखद भएको उहाँको बुझाई रहेको छ । सीमा समस्याको कूटनीति र राजनीतिकरुपमा प्रतिवाद गर्न तयार भएको पनि उहाँले खुलासा गर्नुभयो । सरकारले तत्काल यस विषयमा कुटनैतिक पहल गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रियाापन
सम्बन्धित समाचार
सर्वाधिक पढिएको
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH