१३ पुष २०७६, आईतवार २१:५१  
image
Loading...

काठमाडौ । नेपालमा विदेशी लगानीकर्ता आकर्षित हुन थालेका छन् । यसको संकेत लगानी बोर्डले दिएको छ । लगानी बोर्ड नेपालले एकैपटक ८५ अर्बको वैदेशिक लगानीलाई स्वीकृत गरेर नेपालमा वैदेशिक लगानी ह्वात्तै आएको सन्देश दिएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले विभिन्न ३ जलविद्युत आयोजनामा आउने ८५ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत गरेको हो ।

माथिल्लो त्रिशुली९१ आयोजनाका लागि आउने ६५ अर्ब बराबरको लगानी स्वीकृत भएको बोर्डका प्रवक्ता बलराम रिजालले जानकारी दिए । त्यसैगरी मस्र्याङ्दी बेसी जलविद्युत परियोजनाका लागि आउने ११ अर्ब ७७ करोड ५४ लाख बराबरको वेदेशिक लगानी पनि ल्याउन बाटो खुलेको छ । त्यसैगरी माथिल्लो त्रिशुली थ्री९बी परियोजनामा पनि ८ अर्ब २२ करोडको वैदेशिक लगानी स्वीकृत भएको रिजालले जानकारी दिए ।

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
सर्वाधिक पढिएको
Loading...
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH