१४ मंसिर २०७६, शनिबार १४:२४  


image

काठमाडौं । आज उपनिर्वाचनको चर्चासँगै ठाउँ ठाउँमा ब’म वि’ष्फोटका घटनाहरु पनि बाहिर आएका छन् । कास्की, दाङ लगायतका उपनिर्वाचन भइरहेका जिल्लाहरुमा बिहानै वि’ष्फोट भएका खबरहरु बाहिर आएका थिए । दोगडाकेदार गाउँपालिका–५ स्थित सिल्केलेकस्थित महाकाली राजमार्गमा शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राजमार्गमा बिहान साढे ११ः०० बजे भेटिएको वस्तु स्टिलको बाल्टीनमा तार जोडेको अवस्थामा सो प्रतिवन्धित नेत्रविक्रम चन्द समूहले राखेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । दोगडाकेदारको वडा नं ४, सुर्नया गाउँपालिकाको वडा नं १ र पुर्चौडी नगरपालिकाको वडा नं ४ मा उपनिर्वाचनका लागि मतदान भने जारी रहेको जनाइएको छ ।

यस्तै, लमजुङको सुन्दरबजार नगरपालिका-२ मा मतदान भइरहँदा मतदान केन्द्र नजिकै ब’म विस्फो’ट भएको छ। त्यहाँ तीन वटा मतदान केन्द्रमा मतदान भइरहेको छ। महेन्द्र मन्दिर माविनजिकैको मतदान केन्द्रमा ब’म वि’स्फोट भए पनि कुनै क्षति भने नभएको बताइएको छ । बिहान करिब १० बजेतिर ब’म वि’स्फोट भएको प्रहरीले जनाएको छ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन