१२ माघ २०७६, आईतवार १८:३५  
image

दीपक मनाङ्गेका नामले परिचित गण्डकी प्रदेश सांसद राजीव गुरुङ धरौटीमा रिहा हुनुभएको छ । एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ पर्नुभएका गुरुङ आइतबार रिहा हुनुभएको हो ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले गुरुङलाई ६ हजार धरौटीमा रिहा गरेको हो । रिहा हुनुअघि आइतबारै सरकारी वकिलको कार्यालयमा गुरुङसँग बयान लिइएको थियो । रिहा भएपछि प्रतिक्रिया दिँदै मनाङ्गेले मिलन गुरुङविरुद्ध आफू सफल भएको बताउनुभयो ।

मनाङ्गेले आफूलाई कुटपिट गरेको भन्दै एन्फा अध्यक्ष मिलन गुरुङले मंगलबार प्रहरीमा उजुरी दिनुभएकाे थियाे । उजुरीका आधारमा प्रहरीले मनाङ्गेलाई पक्राउ गरी तथा फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो ।

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
सर्वाधिक पढिएको
Loading...
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH