images
   १६ आश्विन २०७६, बिहीबार २०:४७  
image

दशै बारा जिल्लामा अत्यन्तै ठूलो दशा बनेर आएको छ । फेटा गाँउपालिका बारामा एक जना बालिकासहित ५ जना एकैठाँउ मृत फेला परेको छन् । यसले बारा जिल्ला पुरै शोकमा डुबेको छ । बारा जिल्लाको फेटा गाँउपालिका वाड नम्बर ४ मा बुधबार साँझ ८ बजतिर स्थानीय टोलमा ५ जना मानिस मृत फेला परेका हुन् ।

त्यहाँ घ’रेलु म’दिरा बनाउँनका लागि कच्चा पदार्थ राख्न बनाईएको ट्यांकीलाई हिटरले सुकाउने क्रममा पाँचै जनाको मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका रहेको छ । फेटा गाउँपालिका ४ बतरामा क’रेन्ट लागेर स्थानीय ४० वर्षीय जोगिन्द्र मुखिया बिन, उनकी वर्षीया ३८ श्रीमती लालमुनी देवी, १० वर्षीया छोरी सुमनी कुमारी, ३५ वर्षीया भाइ महेन्द्र मुखिया बिनको र चम्पारण मोतिहारी जिल्ला बैकुण्ठधाम बउकठवा निवासी ५५ वर्षिय गुलाबचन सहनीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घरेलु मदिरा उत्पादन गर्नको लागि कच्चा पदार्थ तयारी गर्ने सिमेन्टले बनाईएको टयांकीलाई हिटरले सुकाउनको लागि बिजुली जडान गर्ने क्रममा क’रेन्ट लागेर एकले अर्कोलाई ब’चाउने क्रममा पाँचै जनाको मृत्यु भएको हुनसक्ने प्रहरीले जानकारी दिएको छ ।