images
   १४ आश्विन २०७६, मंगलवार ००:२०  
image

यात्रुसहितको बस पल्टेपछि मृत्यु हुनेहरुको संख्या २१ पुगेको छ । भारतको गुजरात राज्यको त्रिशुलिया घाटमा बस पल्टिएपछि २१ जनाको घटनास्थलमै मृत्यु भएको हो । जानकारी अनुसार २९ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर भएको हुँदा मृत्यु हुनेको संख्या बढ्ने आशंका गरिएको दैनिक भास्करले जानकारी दिएको छ ।

आज अपरान्ह भारतीय समय अनुसार ४ बजे आसपास अम्बाजी राजमार्गमा जाँदै गरेको बस त्रिशुलुया घाटको बन्डमा पल्टिएको हो ।

अधिकारीहरुका अनुसार दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन । चालक निदाएको कारण बस पल्टिएको हुन सक्ने अनुमान गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार दुर्घटना भएको समयमा पानी परेको थियो । मृत शरिर यसरी च्यापिएका थिए कि बसमा फसेकाहरूलाई बाहिर निकाल्न क्रेनहरू बोलाइएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।