१० कार्तिक २०७६, आईतवार १८:१६  
image

नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्रमा आगलागी भएको छ । सिन्धुपाल्चोक जिल्लाको लामोसाँघुस्थित विद्युत सबस्टेशनमा आगलागी भएपछि स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको हो । आज अपरान्ह भएको आगलागी अहिले पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासीहरु सक्रिय भएका थिए । आगलागी नियन्त्रणका लागि चौतारा नगरपालिकाको दमकलको समेत प्रयोग गरिएको जानकारी दिइएको छ । सबस्टेशनमा रहेको तेलमा समेत आगलागी भएकोले नियन्त्रण गर्न निकै असहज भएको थियो ।

आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन । तर, ३३ केभीलाइनको ट्रान्सफरमर खराबी आएका कारण आगलागी भएको अनुमान गरिएको छ । घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको छ । तिहारको समयमा भएको आगलागीले गर्दा सर्वसाधारण समस्यामा पर्ने भएका छन् ।

तपाईको प्रतिक्रियाापन
सम्बन्धित समाचार
सर्वाधिक पढिएको
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH