३ चैत्र २०७६, सोमबार १०:४६  


image

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बारम्बार साबुन पानीले हात धुन डाक्टरले सुझाव दिएका छन् । विश्व स्वास्थ्य सङ्गठनले पनि सङ्क्रमणबाट बच्न बारम्बार हात धुन, सकेसम्म हातले अनुहार नछुन तथा सङ्क्रमित मानिससँगको दुरी कम्तीमा एक मिटर कायम गर्न आग्रह गरेकाे थियाे ।

तर हातसँगै धेरैजसो समय हातमा हुने मोबाइल फोन पनि सफा गरिरहन डाक्टरहरुकाे सुझाव छ । मोबाइल सफा गर्नका लागि सामान्य साबुन पानी र नरम कपडा काे प्रयोग गर्न सकिने डाक्टरले बताएका छन् । विभिन्न रसायनकाे प्रयोग गर्दा मोबाइलको स्क्रीन बिगार्न सक्ने भएकोले सामान्य साबुनपानी प्रयोग गर्न प्राविधिकले सुझाव दिएका छन् ।

मोबाइलकाे खोल निकाली सफा गरेर सुक्खा नरम कपडाले पुछ्न प्राविधिकको सुझाव छ । दैनिक एक/दुई पटक मोबाइल फोन सफा गर्न र हात भने बारम्बार धुन डाक्टरको सुझाव छ।

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
ताजा अपडेट
Like Us
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH