१६ पुष २०७६, बुधबार २३:४७  
image
Loading...

भ्रमण वर्ष २०२० को पहिलो दिन नै पर्साको पर्यटकीय स्थल ठोरीमा करिब ४० हजारको संख्यामा भारतीय पर्यटक भित्रिएका छन् । अंग्रेजी नयाँ वर्ष २०२० मनाउन भारतीय पर्यटक तराईको ‘मिनी उपत्यका’ को रुपमा चिनिने ठोरी आएका हुन् । भारतको पटना, बेतिया, समस्तीपुर, मुजफ्फरपुर, मोतीहारी, नरकटियागंज आसपासका क्षेत्रका वासिन्दा ठोरी घुम्न र वनभोजका लागि आएका ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी दिए ।

अंग्रेजी नयाँ वर्ष मनाउन आउने भारतीय र आन्तरिक पर्यटकलाई अध्यक्ष श्रेष्ठ लगायतका जनप्रतिनिधिले खादा र अबीर लगाएर स्वागत गरेका थिए । ठोरी घुम्न आउने भारतीय पर्यटकको सं‌ख्या बढ्दै गएको श्रेष्ठले बताए । बुधबार बिहानैदेखि गाडी र मोटरसाइकलमा भारतीय पर्यटक ठोरी आएका थिए । नेपालका चितवन, बारा, पर्सा, रौतहटलगायतका जिल्लाका वासिन्दा पनि बुधबार ठोरी घुम्न र वनभोजका लागि आएका थिए ।

हरियाली पहाडले घेरिएको उपत्यका ठोरी तराईको आकर्षक पर्यटकीय गन्तव्य बनेको अध्यक्ष श्रेष्ठ बताउँछन् । यहाँको राईधारा, सेतो पहाड, रातो पहाड, सिनेही पहाड, रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर लगायतका पर्यटकीय क्षेत्रमा पर्यटकको भीड लाग्ने गरेको छ । बुधबार ठोरी पुगेका शिक्षक युनियनका प्रदेश नं २ का अध्यक्ष बिनोद चौहानले ठोरी प्रदेश २ कै रमणीय स्थल रहेको प्रतिक्रिया दिए ।

ठोरीमा दैनिक पाँच सयदेखि एक हजारको संख्यामा भारतीय पर्यटक आउने स्थानीय होटल व्यवसायी दिनेश नेपालले बताए । भ्रमण वर्ष २०२० को अवसरमा गाउँपालिकाले पुस २५ गतेदेखि २९ गतेसम्म विशेष कार्यक्रम राखेको छ । त्यस अवसरमा हात्ती महोत्सव, हात्ती तथा जीप सफारीको माध्यमबाट पर्सा राष्ट्रिय निकुञ्ज लगायतका रमणीय स्थलको भ्रमण गराउने अध्यक्ष श्रेष्ठले बताए ।

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
सर्वाधिक पढिएको
Loading...
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH