११ आश्विन २०७६, शनिबार २२:३७  
image

आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीको चितवनमा आज शनिबार तय भएको कार्यक्रम बिथोलिएको छ। भरतपुरस्थित चोबिस कोठीमा ‘नेपालका लागि नेपाली’ ले आयोजना गरेको कार्यक्रम सुरू हुनै लाग्दा शाहीमाथि अज्ञात समूहले आक्रमण गरेका हुन्।

ग्लोबल होटलबाट बा ३ ख ८४५८ नम्बरको माइक्रोमा चढेर कार्यक्रम स्थल जाँदै गरेका शाहीमाथि ढुंगा मुढा भएको थियो। उनको टाउकोमा चोट लागेको छ। प्रहरीका अनुसार शाहीलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ। कार्यक्रम स्थलमा राजावादीलाई कार्यक्रम गर्न नदिने भन्दै युवाहरूले हो-हल्ला गरे पनि उनीहरू को हुन् भन्ने खुलेको छैन।

केही समयअगाडि नेपालगञ्जबाट काठमाडौं आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईलाई पर्खंदा जहाज ढिलो उडेको भन्दै शाही मन्त्रीविरूद्ध खनिएका थिए। ६ बजे शाहीलाई जहाजबाट काठमाडौँ ल्याई पुर्याएको छ । उनि काठमाडौँ आइपुग्दा उनका शुभचिन्तकहरु त्रिभुवन बिमानस्थलमा जम्मा भएका थिए । उनि गम्भीर अवस्थामा रहेको चिकित्सकले बताएका छन् ।

तपाईको प्रतिक्रियाापन
सम्बन्धित समाचार
सर्वाधिक पढिएको
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH