२७ श्रावण २०७६, सोमबार १६:४८  
image

कहिलेकाँही हाम्रो जीवनमा यस्तो हुन्छ कि हामी जीवनमा आफ्नो लागि एकदमै खुसी हुन्छौं । खुसीको बेला हामीले धेरै कुरा भुलिरहेका हुन्छौं, जसले जीवनमा दिर्घकालीन असर पुर्‍याउँछ । चाणक्य नीतिमा यस्ता धेरै जीवनपयोगी सन्दर्भहरु उल्लेख गरिएका छन् । यहाँ भने जवान महिलाले जवानीमा कहिल्यै भुल्न नहुने कुराहरुबारे उल्लेख गरिनेछ ।

१. शिक्षा सबैभन्दा असल मित्र हो । एक शिक्षित व्यक्तिले हरेक स्थानमा सम्मान पाउँछ । शिक्षाले सुन्दरता र यौवनलाई नै परास्त गरिदिन्छ ।

२. आफ्नो रहस्यबारे अरु कसैलाई पनि भन्नु हुँदैन । यस्तो बानीले तपाईलाई बरबार बनाउँछ ।

३. हामीले विगतको बारेमा कहिल्यै पश्चात्ताप गर्नुहुँदैन । त्यसो त भविष्यको बारेमा पनि अनावश्यक चिन्ता लिएर केही हुँदैन । विवेकशील मानिसले हरसमय वर्तमानमा राम्रो गर्नुपर्छ, वर्तमानलाई आफ्नो पकडमा राख्नुपर्छ ।

४. कुनै पनि काम सुरु गर्नुभन्दा अगाडि आफैंलाई तीन वटा प्रश्न गर्नुहोस्- म यो के काम गरिरहेछु वा गर्नेछु, यसको परिणाम के हुन सक्छ र म यसमा सफल हुन्छु कि हुँदिनँ ?

५. एकपटक कुनै काम सुरु गरेपछि मनबाट असफलताको डर निकाल्दिनुहोस् । डरलाई त्याग्नुहोस् किनकी इमान्दारिताका साथ काम गर्ने मानिस सधै‌ खुसी हुन्छ र सफल पनि ।

६. खराब मित्रलाई कहिल्यै विश्वास नगर्नुहोस् । असल साथीलाई आवश्यकताभन्दा बढी विश्वास नगर्नुहोस् किनकी कुनै दिन उनीहरु रिसाएको दिन सबै रहस्य खोलिदिनेछन् ।

यो पनि पढनुहोस

विश्वका सबैभन्दा खुशी नै अविवाहित, यस्तो छ तथ्य

एजेन्सी। यो संसारमा सबैभन्दा खुशी मानिस को होलान् ? सबैले सायद यही सोच्छन् होला । एक नयाँ वैज्ञानिक अनुसन्धानले बालबच्चा नभएका अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी मानिसमा पर्ने देखाएको छ । शीर्ष मनोविश्लेषकहरुको नेतृत्वमा गरिएको अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको हो।

एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिलाहरु घरेलु जिम्मेवारीको बोझ उठाइरहेका आफ्ना साथीहरुको तुलनामा अधिक स्वस्थ र लामो जीवन जीउने गरेको वेल्सस्थित प्रोफेसर डोलानले बताएका हुन् ।

डोलान ‘लन्डन स्कुल अफ इकोनोमिस्क’ मा यवहारिक विज्ञानका शीर्ष विश्लेषक हुन् । यस्तोमा सबैभन्दा पछिल्लो डाटाले पनि ‘खुसी रहन र सुखी जीवन बिताउन विवाह र मातृत्व जस्ता सामाजिक सफलताका पारम्परिक उपाय नै अपनाउनु पर्छ भन्ने जरुरी नभएको’ संकेत गरेको उनले बताए । यी विषयहरु खुसी जीवनको स्तरसँग सम्बन्धित नहुन पनि सक्ने उनको भनाइ छ ।

उनका अनुसार एक्लो रहनु सम्बन्धी समाजको नकारात्मक धारणाले गर्दा नै आज धेरै महिलाहरु बेखुसी छन् । उनले धेरै अभिभावकहरुसँगको आफ्नो खुलस्त अन्र्तक्रिया र विवाहबारे सामान्य अवस्थामा अध्ययन गरेपछि यस्तो तथ्य फेला पारेको बताएका हुन् । यसरी महिलाहरुमा एक्लो जीवन बिताउनुका फाइदाबारे यो पहिलोपटक उल्लेख गरिएको होइन । यसअघि पनि मनोविश्लेषकहरुले यस विषयमा प्रकाश पारिसकेका छन्।

केही समय अगाडि मात्र इतिहास विद् डाक्टर बब निकोल्सनले १८८९ को टिट–बिट्स म्यागजिनको कपी ट्वीटरमा पोस्ट गरेका थिए जुन १९ औँ शताब्दीमा एक्ला महिलाहरुले कस्तो महसुस गरिरहेका छन् भन्नेबारे रहेको थियो । यसमा ‘तपाईँ उमेर कटिसकेपछि पनि किन एक्लो हुनुहुन्छ रु’ भन्ने प्रश्न गरिएको थियो । जसको जवाफमा त्यस बेलाका थुप्रै महिलाहरुले आफू एक्लो जीवनमै धेरै रमाउने गरेको भन्ने जस्ता टिप्पणी दिएका छन् ।

तपाईको प्रतिक्रियाापन
सम्बन्धित समाचार
सर्वाधिक पढिएको
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH