८ माघ २०७६, बुधबार १४:४५  
image

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालको घरको मूलद्वारमा राखिएको प्रे’सरकु’कर ब’म नेपाली सेनाले नि’ष्क्रिय पारेको छ । डिलाशैनी गाउँपालिका–३ पंसेरामा रहेको अध्यक्ष पालको घरको मूलद्वारमा भेटिएको उक्त ब’म बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मको टोलीले नि’ष्क्रिय पारेको प्रहरीले जनाएको छ ।

आज बिहान ३ बजे भेटिएको ब’म सेनाको टोलीले मध्याह्न पौने १२ बजे नि’ष्क्रिय पारेको हो । यस्तै डिलौशैनी गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आ’गजनी गरिएको छ । नेकपाका अध्यक्ष पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो । पालकै से १ च ४५९ नम्बरको जेसिबीमा पनि आग’जनी गरिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ । डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालय पंसेरामा पनि आग’जनी गरिएको छ । गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन कक्षमा आग’जनी गरिएको हो । प्रशासन कक्षको ताल्चा फुटालेर गरेको आग’जनीबाट कम्प्युटर, दराज र अन्य महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले जानकारी दिनुभयो । आग’जनी र ब’म कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।

डिलाशैनी गाउँपालिका केन्द्रको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । राज्य पुनःस्थापना हुँदा डिलाशैनी गाउँपालिका–७ मा केन्द्र तोकिएको भए पनि हाल सम्पूर्ण कामकाज वडा नं ३ बाट हुँदै आएको छ । नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयको आरोप रहेको छ । डिलाशैनीमा नेकपाकै अध्यक्षका साथै गाउँ कार्यपालिकामा पनि नेकपाकै बहुमत रहेको छ ।

घटनाको थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्ष बोहराले भने केन्द्रका विषयमा असन्तुष्ट पक्षले आग’जनी गरेको हुनसक्ने आशङ्का गरेका छन् । सम्पर्क कार्यालय रहेको ठाउँ गाउँपालिकाको केन्द्रका लागि उपयुक्त भनेर प्रतिवेदन सार्वजनिक भएपछि त्यसको विरोध भइरहेको छ ।

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
सर्वाधिक पढिएको
Loading...
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH