images
   १४ भाद्र २०७६, शनिबार ०६:४१  
image

पाेखरा १३ भदाै- नेपाली चर्चित नायिमा प्रियंका कार्की र गायक प्रकाश कटुवाल बीच अहिले फेसबुकमा विवाद आइरहेको छ । जसले गर्दा प्रियंका कार्की माथि धेरै नकारात्मक प्रतिक्रियाहरु आइरहेका छन् ।

लोक दोहोरी गायक प्रकास कटुवालले हिजो बिहान फेसबुकमा प्रियंकाले आफु माथि गरेको दुर्व्यवहार बारे प्रष्टाउदै स्ट्याटस लेखेका थिए जुन भाइरल बन्न पुगेको थियो । प्रकाश कटुवालका अनुसार प्रियंका कार्कीले अस्ट्रेलियाबाट फर्किदा आफ्नो सामान बोकाउन लाउदै गरेको व्यवहारले आफ्नो अपमान भएको भन्दै स्ट्याटस लेखिन भने प्रकाशले धन्यवाद नभनेको र काम मात्र अराएको भन्दै आक्रोश पोखेका थिए ।

प्रकाशले लेखेको स्ट्याटस भाईरल भएपछि प्रियंकाले प्रकाशलाई फोन गरेर धन्यवाद र माफी मागेकी थीइन र यो कुरा उल्लेख गर्दै प्रकाशले उक्त स्ट्याटस हटाएका थिए । यसपछि पनि प्रियंका कार्कीको व्यवहार प्रति धेरैले नकारात्मक प्रतिक्रिया दिएपछि प्रियंका कार्कीले क्यानाडा नेपालका लागि मदन रिजाल संगको कुराकानीमा खास घटनाको बारेमा प्रष्ट संग भनेकी छिन र प्रकास कटुवालले भने अनुसार आफुले दुर्व्यवहार नगरेको कुरा उल्लेख गरेकी छिन । प्रियंका संगै रहेका आयुष्मानले पनि खास के भएको थियो घटना र किन प्रकाश जी रिसाउनु भएको भन्ने कुरा उल्लेख गरेका छन् ।

प्रियंका कार्की र आयुष्मान पनि अस्ट्रेलियाबाट कार्यक्रम सकेर फर्किएका थिए भने प्रकाश कटुवाल पनि कार्यक्रम सकेर नेपाल फर्किएका थिए र फर्किने क्रममा एयरपोर्टमा दुईको भेट भएको थियो । यहि क्रममा दुइ बीच भएको असमझदारीले गर्दा अहिले विवाद आइरहेको छ ।

हेर्नुहाेस् भिडियाेः