१९ कार्तिक २०७६, मंगलवार १०:५२  
image

काठमाडौँ, ललितपुर र भक्तपुरमा समेत सोमबार राति चर्को पोलेको गन्ध आएको धेरै जनाले महसूस गरेका छन्। फेसबुकमा धेरै ठाउँबाट बासिन्दाहरुले पोलेको गन्ध आएको भने पनि यथार्थ थाहा हुन सकेको छैन। प्रहरीको १०० नम्बरमा यसबारे सोध्दा जानकारी नभएको बताइयो।

ललितपुरको एकान्तकुना, मंगलबजार, कुसुन्ती, च्यासल, पुल्चोक, कुमारीपाटी, सातदोबाटो, गाबहाल आदि ठाउँका बासिन्दाहरुले राति अबेरसम्म पोलेको गन्ध आएको बताएका छन्। अझ कतिपयले त मान्छे पोलेको जस्तो गन्ध आएको समेत बताएका छन्। त्यसैगरी काठमाडौँमा पनि बानेश्वर, अनामनगर, धोबिखोला, तीनकुने, सुविधानगर आदि ठाउँमा गन्ध आएको त्यहाँका बासिन्दाहरुले फेसबुकमा लेखेका छन्।

रातो मच्छिन्द्रनाथ नामको एउटा फेसबुक पेजमा राति राति यस्तो गन्ध आएको चौथो पटक भएको लेखिएको छ। त्यसको कमेन्टमा र त्यो पोस्टलाई सेयर गर्नेहरुले पनि आफूहरुलाई पनि गन्धले असर पारेको लेखेका छन्।

त्यसैगरी फेसबुकका अरु विभिन्न ग्रुपहरुमा पनि गन्धको खबर फैलिएको छ।

के यो वायु प्रदूषणको असर हो?

भारतको नयाँ दिल्लीमा पनि वायु प्रदूषणका कारण पोलेको गन्ध आएको त्यहाँका बासिन्दाले लेखेका छन्।

दिल्लीको वायु प्रदूषणको असर काठमाडौँसम्म नपुग्नु पर्ने हो। फेरि दिल्लीमा त वरपरका राज्यहरुमा पराल जलाएका कारण प्रदूषण भएको भनिएको छ। काठमाडौँमा त यस्तो नहुनु पर्ने हो। फेरि गन्ध राति मात्र किन आयो त? दिउँसो र उज्यालोमा पनि आउनु पर्ने हैन?

तपाईको प्रतिक्रियाापन
सम्बन्धित समाचार
सर्वाधिक पढिएको
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH