images
   ३० भाद्र २०७६, सोमबार १६:४२  
image

कतारको जेलमा रहेका बिनोद रानाभाट नेपाल आइपुगेका छन् । बैदेशिक रोजगारीका क्रममा जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार पुगेका माडी नगरपालिका वडा नं. ७ कीर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिएका थिए ।रानाभाटलाई भारतीय कामदारलाई मारेको अभियोग लागेको थियो ।

कतारस्थित अल ग्रुप क्लीनिङ कम्पनीमा जनरल क्लिन वर्कर पदमा काम गरिरहेका उनलाई घटना लगत्तै कतार पुलिसले पक्राउ गरी ओक्रा जेलमा राखी मुद्धा चलाएको थियो । मुद्धाको फैसला अनुसार रानाभाटले ५ महिना भित्र भारतीय कामदारको परिवारलाई ब्लड मनीका रुपमा २ लाख ६० हजार कतारी रियल अर्थात नेपाली करीब ८२ लाख रुपैयाँ बुझाउनुपर्ने फैसला गरेको थियो ।

बिभिन्न मिडियाबाट यो खबर बाहिरीए पछी उनलाई सहयोग गर्न देशविदेशबाट सामाजिक अभियन्ताहरु अभियानमा जुटेका थिए । बिनोद रानाभाट बचाउ अभियानमा सामाजिक प्रमुख अभियान्ता अर्जुन भुषाल , शिशिर भण्डारी लगायतले आर्थिक संकलन गरेका थिए ।बिनोद रानाभाट रिहाइ तथा उद्धार समिति गठन गरि सहयोग उठाएर करीब ८२ लाख रुपैयाँ नेपाल बाट पठाई उनलाई उद्दार गरिएको हो।