images
   २५ श्रावण २०७६, शनिबार ०१:०६  
image

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी ११ कक्षा पढ्नका लागि भर्ना भएकी छिन् ।

याे वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तिर्ण गरेकी चौधरी काठमाडौंको बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना गरिन् ।

कक्षा ११ मा भर्नाका लागि चौधरी शुक्रबार विहान १० बजे नै रत्यराज्य मावि पुगेकी थिइन् । शान्तले दाङकै निलम थापाले पनि रत्नराज्य माविमा कक्षा ११ मा भर्ना गराएकी छन् ।

निलमको सम्पूर्ण पढाइ खर्च आफूले नै व्यहोर्ने शान्ताले जनाएकी छन् । ११ कक्षामा भर्ना भएकी शान्ताले आफ्नो कक्षगत रोल नम्बर ६२ रहेको जनाएकी छन् ।

याे पनि पढ्नुहाेस्ः

नक्कली नोट छाप्ने उपकरणसहित चार जना प*क्राउ

धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलका खगेन्द्र बम भन्ने खगेन्द्रबहादुर रजवार, चुरे गाउँपालिकाका भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का पल्लभराज भट्ट र महोत्तरी जिल्ला बर्दिवास नगरपालिकाका गोकुलबहादुर खड्कालाई नोट छाप्ने उपकरणसहित प*क्राउ गरिएको प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित चार जनालाई कैलाली जिल्ला प्रहरी कार्यालयले प*क्राउ गरेको छ ।

खड्कालाई काठमाडौँको कोटेश्वरबाट सिआइबीको सहयोगमा साउन २१ गते प*क्राउ गरिएको र अन्य तीनलाई साउन १७ र १८ गते कैलालीका विभिन्न स्थानबाट प*क्राउ गरिएको हो । भारु र नेरु नक्कली नोट छाप्ने गरिएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको विशेष टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो ।

धनगढीको नैनादेवी टोलबाट पक्राउ परेका खगेन्द्रको कोठाबाट नक्कली नोट छाप्न प्रयोग हुने एक थान उपकरण, छापेर काट्न बाँकी रहेका भारतीय र नेपाली नक्कली नोटलगायत सामग्रीसमेत बरामद गरिएको थियो । उनीहरु विरुद्ध खोटा चलन शीर्षकमा मु*द्धा चलाइएको प्रहरीले जनाएको छ ।