२२ कार्तिक २०७६, शुक्रबार २३:२७  
image

काठमाडौं । भारतले नेपाली भुभाग समेटेर नयाँ नक्सा जारी गरेपछि नेपाल कडा रुपमा प्रस्तुत हुनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक विवादबारे छलफल गर्न सर्वपक्षीय परामर्श बैठक बोलाउनु भएको छ । भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि जनस्तरमा चर्को विरोध भइरहेको छ ।

सरकारले एकपक्षीय नक्सा मान्य नहुने पहिले नै बताइसकेको छ । नेपालमा भइरहेको विरोधको जवाफमा भारतले आफ्नो नक्सामा नेपालको भूभाग नपारिएको र बिगतकै नक्सा रहेको बताएको छ । तर भारतले विवाद भए वार्ताबाट समाधान खोज्न भारत तयार भएको पनि खुलाएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख विपक्षी नेपाली कांग्रेस लगायतका दलले साझा धारणा बनाउन र तत्काल भारतसँग कूटनीतिक सम्वाद गरी सीमा समस्या सुल्झाउन भन्दै सरकारको साथ दिएका छन् । सर्वदलीय र विज्ञहरुको परामर्शबाट समान धारणा बनाउन प्रधानमन्त्रीले बैठक बोलाएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले भोलि शनिबार सर्वपक्षीय परामर्श बैठक बोलाउनु भएको छ । भोली अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरुलाई बोलाइएको छ ।

तपाईको प्रतिक्रियाापन
सम्बन्धित समाचार
सर्वाधिक पढिएको
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH