४ पुष २०७६, शुक्रबार १७:२९  


image

काठमाडौं -प्रचण्ड पत्नी सीता उपचारका लागि रामदेवको पतञ्जली योगपिठमा गएकी छन् । हरिद्वारमा रहेको पतञ्जली योगपिठ आयुर्वेदिक उपचारका लागि उनी छोरी गगा र मातृका यादबसँग पुगेकी हुन् ।

उनले योगपिठमा बाबा रामदेव र आचार्य बालकृष्णसँग भेट गरेकी छन् । सामाजिक सञ्जालमार्फत् छोरी गंगाले रामदेव र बालकृष्णसँगको भेटका तस्बिर सार्वजनिक गरेपछि सीता उपचारका लागी रामदेवको पतञ्जली योगपिठमा गएको बुझिएको हो ।

गंगाले तस्बिर सार्वजनिक गर्दै फेसबुकमा लेखेकी छन् । ‘ममीको आयुर्वेदिक उपचारका लागि हरिद्वारस्थित पतन्जली योगपिठमा बाबा रामदेव अनि आचार्य बालकृष्णसँगै हामी’, । छोरा प्रकाश दाहालको निधनपछि सीता उनी हिडडुल गर्नसमेत नसक्ने अवस्थामा छन् । हिड्नका लागि उनलाई सहयोग अनिवार्य भएको छ ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन