२३ पुष २०७६, बुधबार २३:३७  


image

काठमाडौ । इराकी राष्ट्रपति बारहम सालेहले बुधबार इरानद्वारा अमेरिकी तथा अन्य विदेशी सैनिक रहेका इराकी सैन्य शिविरमा हवाई आ क्रमणको भत्र्सना गर्नुभएको छ । उहाँले मध्यपूर्वमा विकसित ‘खतरनाक घ टनाक्रम’प्रति चिन्ता प्रकट गर्नुभएको छ । इराकी राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,

“इराकी भूमिमा रहेका सैनिक शिविरमा इरानद्वारा गरेको क्षे प्यास्त्र आ क्रमणको हामीले कडा शब्दमा निन्दा गर्छौँ । हामीले सार्वभौम इराकी भूमिमा भएका र हुनसक्ने सबैप्रकारका कानून उल्लङ्घनका घटनाप्रति फेरि एक पटक सम्बद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छौँ ।”

“रण भूमिमा रूपान्तरण गर्नेगरी भएका आ क्रमण र सम्भावित आगामी गतिविधिप्रति इराक गम्भीर विरोध जनाउछ ।” गत शुक्रबार इराकको राजधानी बग्दादमा इरानी विशेष सुरक्षा बल कुड्सका प्रमुख जनरल कासिम सुलेमानीको अमेरिकी ड्रोन आ क्रमणमा मृत्यु भएको र मङ्गलबार उहाँको अ त्येष्टि गरिएको थियो ।

इरानी जनरल अमेरिकी आ क्रमणमा मा रिएको ब दलामा इरानले बुधबार बिहानै दर्जनभन्दा बढी क्षे प्यास्त्र अमेरिकी सैनिक रहेको इराकी शिविरमा लक्षित गरी आ क्रमण गरेको थियो । इरानले उक्त आ क्रमणमा करिब ८० अमेरिकीको मृत्यु भएको दावी गरेको छ । यसको स्वतन्त्र पुष्टि भने भएको छैन । अमेरिकी राष्ट्रपतिले क्षे प्यास्त्र आ क्रमणबाट आफ्ना नागरिकलाई केही नभएको तर यस सम्बन्धमा बिस्तृत विवरण दिन बुधबार एक विज्ञप्ति जारी गर्ने बताउनुभएको छ ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन