२० पुष २०७६, आईतवार ०२:३४  


image

कानूनको पालना गराउने, नागरिकको जिउ–धनको सुरक्षा गर्ने जिम्मा प्रहरीको हो । तर, त्यही प्रहरी पैसा र पहुँचवालाको मात्रै कुरा सुन्ने गरेको सबैले देख्दै र भोग्दै आएका छौं । प्रहरीले आफ्नो काम जिम्मेवारीका साथ नगरेको पनि तपाई हामीले देख्दै आएका छौं ।

त्यति मात्र होइन, यहाँ प्रहरीकै जुनियर अधिकृतलाई दुःख पर्दा पनि प्रहरीका सिनियर अधिकृतहरुले अझ उनीहरुमाथि नै अन्याय गर्दै आएका छन् । प्रहरीको परिवारमा कुनै व्यक्तिबाट आक्रमण हुन्छ । घर–डेरा तोडफोड हुन्छ । आफ्नो छोरालाई घण्टौ बन्दक बनाइन्छ र पीडित प्रहरीको परिवारले न्यायको खोजी गर्दै अनेक निकाय धाउँदा समेत केही सीप चल्दैन ।


आफूमाथि भएको अन्ययको जाहेरी दर्ता गर्न खोज्दा प्रहरीकै परिवारको जाहेरी प्रहरी कार्यालयले नै लिदैन । राष्ट्रिय मानव अधिकार आयोगदेखि सरकारी वकिलको कार्यालयले समेत उजुरी दर्ता गरी अनुसन्धान गर्नु भन्ने पत्र लेख्दा समेत प्रहरी अधिकारीहरुले कुनै टेढ पुच्छर लगाउँदैनन् ।

यो घटना गत मंसिर १९ गते दिउँसो ४ बजेको हो । कीर्तिपुरस्थित आशिक रावलको डेरामा नातामा भिनाजु पर्ने अर्जुन क्षेत्रीसहितको समूहले तोडफोड गरेका थिए । तोडफोन गर्ने ती व्यक्ति आफूलाई ज्योतिश भनेर मिडियाबाजी गर्दै आएका अर्जुन क्षेत्री र उनको समूह हो । आशिक रावलका बाबु काठमाडौंमै कार्यरत जुनियर प्रहरी अधिकृत हुन् । घरमा तोडफोड हुन लागेको देखेपछि छिमेकीले भिडियो रेर्कड गरे ।

घर तोडफोड गरी आशिक रावललाई अर्जुन क्षेत्र र उनको समूहले अपहरण गरी बा१६च ४५१७ नम्बरको निजी गाडीमा राखेर ५ घण्टासम्म बालकुमारीस्थित एक खाजा घरमा बन्दक बनाएर आफूअनुकुल भिडियो रेर्कड गराए ।

अपहरण गर्नेहरुले आशिक अपहरणमा परेको सूचना प्रहरीमा गएको थाहा पाएपछि राति ९ बजे टेकुस्थित प्रहरी परिसरमा ल्याएर अर्जुनले उनका बाबुलाई जिम्मा लगाइदिए । त्यसपछि पीडित आशिकले घटना भएको भोलिपल्टै महानगरीय प्रहरी बृत कीर्तिपूरमा अपहरण तथा शारीरिक बन्दक मुद्धामा जाहेरी दर्ता गर्न पुगे ।

कीर्तिपूर प्रहरीले माथिको आदेश भएको भन्दै उनको उजुरी दर्ता गर्न मानेन । त्यसपछि उनी काठमाडौं प्रहरी परिसरमा उजुरी दर्ता गर्न पुगे । त्यहाँका प्रहरी अधिकारीले उजुरी दर्ता गर्नुको साटो मिलापत्र गर्न दबाब दिए । त्यसपछि उनी राष्ट्रिय मानवअधिकार आयोग र जिल्ला सरकारी वकिलको कार्यालय पुगे ।

जिल्ला सरकारी वकिलको कार्यालयले उक्त भिडियो हेरेपछि पुस ८ गते कीर्तिपूर प्रहरीलाई उजुरी दर्ता गरी अनुसन्धान गर्न पत्र लेख्यो । घटना भएको झण्डै एक महिना बित्न लागेको छ तर, सरकारी वकिल कार्यालयले समेत उजुरी दर्ता गरी अनुसन्धान गर भनेर चिठी लेखेको समेत १० दिन भइसकेको छ । यता कीर्तिपूर इलाका प्रहरी कार्यालयका डिएसपी फेदिलाल कामतीले भने आफूले घटना सम्बन्धी बुझ्दै गरेको भन्दै टार्दै आएका छन् ।

भिडियोमा घर तोडफोड गरेको र अपहरण गरेर लगेको देख्दा पनि डिएसपी कामतीले के बुझ्दै छन् ? भन्ने प्रश्न खडा भएको छ । अहिले पीडित परिवारलाई मिला–पत्र गर्न दबाब आइरहेको बताइएको छ ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

नेपाली सेनाले भारतबाट औषधि नल्याउने

 २५ श्रावण २०७७, आईतवार ०८:१८  

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन